थप हाैसला सहित शृङ्खलालाइ भेट्न आमा बुवा सहितको टोली चिनमा

  मूलधार पाेष्ट  333 पटक हेरिएको

काठमाडाैं- एउटा सन्तानलाइ कुनै युद्ध लडिरहदा, कुनै ऐतिहासिक र महत्वपुर्ण काम गरिरहदा अगाडिबाट हौसला दिइरहने आमा बुवा, आफन्त र साथिहरू भइदिदा कति आँट बड्छ होला यो हामी सबैले महशुष गर्न सक्छौ । हो यस्तै हुने भएको छ मिस नेपाल २०१८ शृङ्खला खतिवडाको लागि पनि ।

मिस वर्ल्ड २०१८ मा सहभागिता जनाएर सबैको मन जितिरहेकि शृङ्खलालाइ प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश बिदेशमा रहेका कौयौ नेपालीहरूले साथ, सहयोग, आशिर्वाद र माया दिइरहेकै छन । तर भाग्यमानी शृङ्खलाले अब आफ्ना आमा बुवा, आफन्त र साथिहरूलाइ पनि आफ्नै अगाडि देख्न पाउने भएकि छिन । जसका कारण शृङ्खलामा गर्विलो आट र जोस जागर बढ्नेमा हामी विश्वस्त छौ ।

छोरी श्रृङ्खलालाई चीनमै भेटेर बल दिन आमा मुनु सिग्देल बुधबारै हेटौंडाबाट काठमाडौं घर पुगेकी छिन्। ‘मिस वर्ल्ड हेर्न टिकट बुकिङ्ग भइसक्यो हाम्रो’, उनले उत्साहित हुँदै नागरिकसँग टेलिफोनमा भनिन्। मिस वर्ल्डको अन्तिम तयारीका लागि श्रृङ्खला रिहल्सनमा व्यस्त रहेको भन्दै उनले मंगलबारदेखि क्लोज क्याम्पमा रहेको बताइन्। ‘बुधबार बिहान हिड्ने बेलामा फोन गरेकी थिई, हतार–हतार त्यही पनि’, उनले भनिन्, ‘अब फाइनल स्टेजको तयारीमा छिन्।’ फेसबुकमा मिस वर्ल्ड नेपाल फेसबुक पेजका पोष्ट र श्रृङ्खलालाई भोटका लागि आग्रह गरिएका पोष्टलाई शेयर र फरवार्डसँगै अन्तरवार्ता दिन उनी व्यस्त थिइन्।

‘विभिन्न मिडियामा एक दर्जन बढी अन्तर्वार्ता दिइयो होला’, उनले भनिन्, ‘यसपटकको मिस वर्ल्ड नेपालले जित्नेमा ढुक्क छौं।’ नेपालबाट सहभागिता जनाएकि श्रृङ्खलाले ‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ पर्पस’ अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन्। मल्टिमिडिया अवार्ड जित्ने पहिलो र ब्युटी विद अ पर्पस जित्ने दोस्रो मिस नेपाल हुन ।

श्रृङ्खलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देश–विदेशमा रहेका नेपालीमा उल्लास छाएको देख्न सकिन्छ । सोसल मिडिया, सामाजिक संजाल। राष्टिय पत्रपत्रिका लगायत चिया पसलमा समेत शृङ्खलाको चर्चा चलिरहेका छ यतिबेला । विश्वका १ सय २१ देशकी सुन्दरीबीच जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल शनिबार (डिसेम्बर ८) मा हुँदैछ।

कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीको छतबाट हामफाल्दा एक छात्रा घाइते भएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–२, सन्तोसीटोलमा रहेको एकेडेमीको तेस्रो तलाबाट हामफाल्दा सोही एकेडेमीमा कक्षा–११ मा अध्ययनरत् पूजा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

क्याम्पस चलिरहेका बेला बिहीबार दिउँसो पूजाले छतबाट हामफालेको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । पूजाको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनमा बाहिरी चोट नदेखिएपनि भित्र शरीरमा चोट लागेको हुनसक्ने आशंका गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–४, श्रीपुर घर भएकी पूजा हाल धनगढी–२, सन्तोसीटोलमा भाडामा बस्दै आएकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार