१७२ बाढी पिडित परिवारलाई राहात सहयोग

  मूलधार पोष्ट  335 पटक हेरिएको

बाजुरा- बडिमालिका नगरपालिका –४ रिलाका १ सय ७२ घर परिवारलाई राहात बितरण गरिएको छ । गएको भदौ १ गते राती आएको अभिरल बर्षका कारण रिलाका १ सय ७२ घररिवार विस्थापित भएका थिए । वडा कार्यालयले यस अघि नै राहात सहयोगको लागि ८ वटा संस्थालाई सिफारिस गरेको थियो ।

सिफरिस अनुसार नेपाल रेडक्रसबाट १० ओटा पाल, गैरसरकारी सस्था मानव संसाधान केन्द्र (एच.आर.सी)बाजुरावाट ५ आटा पाल, बडिमालीका नगरपालिका वाट १ सय १५ ओटा पाल , जिल्ला खानेपानीवाट ९ ओटा मुहानका लागि २०, २५ , ३२, ४०, र ५० एमएमको पाईप सहयोग गरिएको छ ।

त्यस्तै मानवसेवा अनेकौ प्रयास संस्थावाट १ सय ६८ घर परिवारलाई एक कट्टा चामल र एक ओटा कम्मल सहयोग गरिएको छ । त्यस्तै सहास नेपालवाट १ सय ७२ ओटा कम्मल र १ सय १० विद्यार्थीलाई स्कुल ड्रेस स्विटर गरि १६ लाख ९६ हजार बरावरको राहात सहयोग गरिएको हो ।

बडिमालिका  ४ का  अध्यक्ष सुरेन्द्र नाथको अध्यक्षतामा सञ्चालन भएको राहात वितरण कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख नरेन्द्र कुमार रोकाया रहनुभएको थियो भने बिशिष्ट अतिथी बडिमालीका नगरपालिकाका उपप्रमुख कविता विष्ट, कार्यपालिका सदस्य जित बहादुर नेपाली र वडा सदस्यहरु रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार