निर्मलाको हत्यमा संलग्न एक युवक प्रकाउ

  मूलधार पोष्ट  219 पटक हेरिएको

काठमाडाैं-कञ्चनपुरकी १६ बर्षकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। शंका लागेका ती युवालाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ।

निर्मला पन्तको हत्याकाण्डलाई लिएर सरकारको तिव्र आलोचना भइरहेको बेला सरकारले पहलकदमी अगाडि बढाइरहेको छ। शंकास्पद व्यतिmलाई नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले जानकारी दिए।

कञ्चनपुरकै ती युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। हाल उनको नाम खुलाइएको छैन। उनलाई नियन्त्रणमा लिएर आावश्यक अनुसन्धान भइरहेको बताइएको छ। उनीमाथिको अनुसन्धानपछि उनको बारे थप तथ्य खुलाइने प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन्। यही प्रकरणमा शंकाको घेरामा रहेका ती युवा सुदुरपश्चिमबाट हराईरहेका थिए। तर, आज उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको शपथ गराएका छन्।

सो अवसरमा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकास र समृद्धिका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिदैं सिद्धान्त र नीति घोकेर मात्र विकास हुदैन, यसका लागि स्पष्ट खाका र ढाचा बनाउनुपर्छ, जनताका भावना र चाहनालाई केन्द्रबिन्दुमा राखेर योजना बनाउन आयोगलाई सुझाव दिए । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनतालाई आत्मनिर्भर बनाउने खालका योजना भएमा मात्र प्रदेशमा विकासको लहर जाग्ने बताउए।

प्रदेशका मुख्यसचिव केदार न्यौपानेले प्रदेशमा उपलब्ध साधन र स्रोतको उच्चतम प्रयोग भएमा जनताका आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरे। समारोहमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एवं प्रदेश मन्त्रालयका सचिव र कर्मचारीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार