अल बिदा नबिन

  मूलधार पोष्ट  326 पटक हेरिएको

नबलपुर-नवलपुरमा गएराती भएको स्कुटर दुर्घटना हुँदा सांसदपुत्र  नविन गौतमको मृत्यु भएको छ । दुर्घटनामा पनी मृत्यु भएका गाैतम गण्डकी प्रदेशका सांसद ओमकला गौतमका छोरा नविन गौतम हुन ।

गएराती साढे १० बजे नविनले चलाएको ना २५ प ८३९० नं को स्कुटर दुर्घटना हुँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार साझ ५ बजे घरबाट निस्केका गौतम राती दुर्घटनामा परेका हुन् ।

दुर्घटनापछि भरतपुर अस्पताल पु¥याईएका उनलाई अस्पतालले मृत घोषणा गरेको हो । स्कुटरलाई अर्को सवारी साधनले ठक्कर दिएको बताईएको छ । तर सवारी पहिचान हुन सकेको छैन् । प्रहरीले खोजी जारी राखेको छ । नविन सांसद गौतमका एकमात्र छोरा हुन् ।

भालुको आक्रमणबाट दुई घाइते
बाजुराको खप्तड छेडेदह गाउपालिका वडा नं–४ मा दुई महिलामाथि भालुले आक्रमण गरेको छ । आक्रमणमा परी खातीगाउकी ५२ वर्षकी जलु धामी र १६ बर्षकी शान्ति धामी गम्भिर घाइते भएको खप्तड छेडेदह गाउपालिका –४ का वडा अध्यक्ष हर्क रावतले जानकारी दिनुभएको छ ।

रावतका अनुसार जलु धामीको आँखामै आक्रमण गरेको छ भने शान्ति धामीको पीठियुमा आक्रमण गरि गम्भिर घाइते बनाएको छ । मंगलबार विहान ७ बजे गाउँ नजिकैको छडीखोला भन्ने ठाउँमा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको अध्यक्ष रावतले बताउनुभयो । घाइते दुबैको  गुदुखाती स्वास्थ्य चौकीमा उपचार हुन नसकेर अहिले अछाममा रहेको बयालपाटा अस्पतालमा उपचार भैरहेको बताएको छ । गाउँनजिकै यसरी जंगली जनावर भालु आउन थालेपछि गाउँमा नै त्रासित भैलिएको छ ।

विशेष गरेर यो समयमा मेल, डिम्मर, लगाएतका फलहरु पाक्ने सिजन भएकाले जंगल जाँदा सुरक्षित भएर जानपनी वडा अध्यक्ष हर्क रावतले अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार