सरकारका गतिविधि विरुद्ध तरुण दलको विरोध

  मूलधार पोष्ट  270 पटक हेरिएको

बाजुरा- नेपाल तरुण दलले बाजुरामा विरोध रयाली प्रर्दशन गरेको छ । सरकारका गतिविधि विरुद्ध तरुण दलले देशव्यापी कार्यक्रम अन्र्तगत आज मार्तडीमा विरोध र्याली प्रर्दशन गरेको हो । विरोध र्याली मार्तडी बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको थियो ।

जत अपेक्षा अनुसार काम गर्न नसकेको, जनता माथि झुटो खेती गरेको, महँगी हत्या हिंसा जस्ता गतिविधि बढेको तत्काल रोक्न माग सहीत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा निर्मता पन्तको हत्यारालाई समेत पत्ता लगाउनु नसक्न्नु नै सरकारको असफताको संकेत भएको उल्लेख गरिएको छ ।
राजकीय शैलीमा आफ्नो फोटो राख्ने, पत्रपत्रिकामा ज्याकेट विज्ञापन राखि गोयबल्स शैलीमा जबरजस्त नँया युगको शंखघोष गर्न खोज्ने नौटंकी सरकारलाई तत्काल आफ्नो कार्यशैली सुधार गर्न नेपाल तरुण दलले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।

सिटामोल खान नपाईरहेको बेला १८ करोड गाढी चड्ने बौलाहपन, ३३ किलो सुनकाण्ड, सिण्डीकेट भित्रको कमिशन खोरको रजाई, निर्मला पन्त हत्याको न्यायीक छानविन गरी जनतालाई मुलुकमा सरकार जीवीत रहेको आभास गराईयोस अन्यथा विभिन्न राजनैतीक मोर्चाको अगुवाई गर्दै आएको नेपाल तरुण राणा, पञ्च र राजालाई सिकाएको मसाल उठाउन मजवुर हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउन तरुण दलका अध्यक्ष कुम्भ नाथको अगुवाईमा रहेको काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डित सहीतको टोली रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार