१९२ परिवारलाई सहयोग

  मूलधार पोष्ट  229 पटक हेरिएको

बाजुरा-बाजुराको बुढीगंगा नगरपालिका भित्रका बर्षादको समयमा बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत सहयोग गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास नामक सामाजिक सेवामा समर्पित संस्थाले नगरपालिकामा रहेका १० वटै वडाका १ सय ९२ परिवारलाई खाद्यन्न र लत्ताकपडा कम्मल सहयोग गरिएको हो ।

फाइल तस्विर

असार देखि असोज महिलासम्म बर्षादका कारण पहिरो र बाढीबाट प्रभावित बनेका र विस्थापित बनेका परिवारलाई दैनिक उपभोग्य समान सहीत कम्मल सहीतका समाग्री सहयोग गरिएको बुढीगंगा नगरपालिकाका उपप्रमुख तारा खातीले बताउनु भएको छ ।

सामान्य सहयोग स्वरुप राहतका लागि नगरपालिकाको सिफारिसमा सहयोग सामाग्री हस्तान्त्रण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनु भएको छ । ६ नम्बर वडाका अध्यक्ष गणेश थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख तारा खाती रहनु भएको थियो ।
१० नम्बर वडाका अध्यक्ष धर्मराज जोशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष भक्तराज जोशी, कार्यक्रम प्रबन्धक जनम जय भट्ट स्थानीय जनप्रतिनिधी सहीतको उपस्थिति रहेको पत्रकार शेरबहादुर सार्कीले बताउनु भएको छ ।

मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाले मंसिर १५ गते मात्र बडिमालिका नगरपालिका ४ रिलाका पहिरो प्रभावित १७२ परिवारलाई २५ केजी दरले चामल र बलङकेट सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार