१७५ मानिसको हुन्छ हत्या

  पत्रपत्रिकाट  329 पटक हेरिएको

ब्राजिलमा दक्षिणपन्थी नेता जेयर बोल्सोनारो केही समयअघि मात्र राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । निर्वाचन प्रचारको क्रममा बोल्सोनारोले आफ्नो देशको अपराधमा कानुनमा केही महत्वपूर्ण परिवर्तन गर्ने बताएका थिए ।निर्वाचनमा जित हासिल गरेसँगै उनले मानिसहरुलाई हतियारको प्रशिक्षण दिन सुरु गरेका छन् । बोल्सोनारोले सामान्य (सभ्य) मानिसहरुलाई बन्दुक दिन प्रशिक्षण पनि सुरु पनि गरिसकेका छन् । यस्तोमा ब्राजिलका मानिसहरुले पनि निकै चासोका साथ प्रशिक्षण सुरु गरेका छन् ।

अत्यधिक मात्रामा हुन्छ अपराध
ब्राजिलियम फोरम अन पब्लिक सेफ्टीका अनुसार गत वर्ष देशमा दैनिक १७५ जना मानिसहरुको हत्या भएको थियो । यसलाई मध्यनजर गर्दै बोल्सोनारोले प्रहरीलाई बढी अधिकार दिनुपर्ने विषयमा वकालत गर्दै आएका छन् । बोल्सोनाराले मुलुकमा कम हतियार भएर सुरक्षित हुन्छ भन्ने मान्यता गलत साबित हुँदै गएको बताएका छन् । हतियारमा जति कडाइ गरिए पनि अपराधीको हातमा बन्दुक पुग्ने भएकोले सर्वसाधारण मानिसहरुलाई बन्दुक थमाइनुपर्ने उनको भनाइ छ ।

कानुन के भन्छ ?
ब्राजिलको संसदले सन् २००३ मा पारित गरेको कानुनअनुसार बन्दुक राख्नका लागि कुनै पनि व्यक्ति कम्तीमा २५ वर्षको हुनु जरुरी हुन्छ । साथै उसको कुनै आपराधिक रेकर्ड नहुनुका साथै रोजगारीको परिचयपत्र र आफ्नै पसल हुनु जरुरी हुन्छ । उक्त व्यक्तिको मानसिक अवस्थाको पनि परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका साथै अन्य मानिसलाई पनि केही मापदण्ड पूरा गरेर आत्मसुरक्षाको लागि बन्दुक राख्ने अनुमति हुन्छ तर यस्तोमा उनीहरुले कारण खुलाउनुपर्ने हुन्छ ।

ब्राजिलमा सन् २०१७ मा एक लाख मानिसहरुमा ३०.८ जना मानिसहरुको हत्या भएको थियो । यो संख्या २०१५ मा ५ जना थियो । सन् २००४ मा ब्राजिलमा ५१५९ बन्दुक बिक्री भएको थियो तर यो संख्या २०१७ मा ४२ हजार ३ सय ८७ पुगेको छ ।

प्रहरीलाई पनि मिल्नेछ गोली हान्ने अधिकार
बोल्सोनारोले बन्दुकको प्रावधानमा पनि केही छुट दिने बताएका छन् । उनले प्रहरीलाई पनि गोली प्रहारको लागि थप छुट दिइने बताएका छन् । यद्यपि उनका विपक्षीहरुले भने यो नियमले मुलुकमा हिंसा बढ्ने बताएका छन् । ब्राजिल प्रहरीले २०१७ मा ५ हजार १ सय ४४ जना मानिसहरु मारेको थियो । यो २०१६ को तुलनामा २० गुणा बढी हो । हाम्राकुराबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार