शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै यसरी नेपालीसामु सुखी साटिन (भिडियो सहित)

  मूलधार पाेष्ट  489 पटक हेरिएको

काठमाडाैं- मिस वर्ल्ड २०१८ को अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी छन् । मिस वर्ल्डकाे प्रतिस्पर्धामा देशलाइ चिनाइरहेकि मिस नेपाल शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै  हेड टे हेडमा पराजित भएर निराश भएकि शृङ्खलाले फेरि सारा नेपालीलाइ खुसि दिलाएकि छिन । भनिन्छ नि प्रतिक्षाकाे पफ मिठाे हुन्छ । अाखिर मिठै भएर निस्कियाे प्रतिक्षाकाे फल पनि ।

उनले मल्टिमिडिया अवार्ड र व्युटि विथ अ प्रपल अवार्ड गरि दुइवटा अवार्ड अाफ्नाे पाेल्टामा पारिन र मिस वर्ल्ड को फाईनलमा स्थान बनाइन । दाेस्राे हेड टु हेडमा सिंगापुरसंग पराजित भएपनि अन्तः श्रृङखला मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकी हुन । यतिमात्र हाेइन टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृङखलाले तेस्रो स्थान बनाउँन सफल भएको छ । मेक्सिको र केन्याका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मल्टिमिडया अवार्ड हात पारेकी हुन् । उक्त अवर्डाका लागि चीन, केन्या, पोर्टी रिको, नेपाल र वेलायत भिडियो च्यालेञ्जका आधारमा उत्कृष्ट ५ मा परेका थिए ।

यस पटकको मिस वर्ल्ड मा श्रृङखला जतिको चर्चा र प्रशंसा अरु सुन्दरीहरुको कमै भएको थियो । विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुको नजरमा श्रृङखला परेपछि उनलाई लिएर नेपालीहरु ज्यादै उत्साहित र आसावादी बनेका थिए । नेपालले पहिलो पटक फाईनलमा स्थान बनाएसंगै नेपालीहरुमा उत्साह छाएको छ । उनलाई नेपाल लगायत बिदेशीहरुले पनि शुभकामना दिईरहेका छन् ।

तर भाेट भने उनलाइ डिसेम्बर ८ तारिख सम्म नै गर्न सकिने छ । जसकाे लागि लागि चार विकल्पहरु छन्

१. उनको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

२ मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार