महासंघको भवन निर्माणका लागि जग्गा खरिद

  मूलधार पाेष्ट  209 पटक हेरिएको

बाजुरा-नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । जिल्ला सदरमुकाम मार्तडीमा महासंघ जिल्दा शाखाले १ सय वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरेको हो ।  बडीमालिका नगरपालिका ९ का गोपालसिंह विकको नाममा रहेको जमिन बाजुरा शाखाले खरिद गरेको अध्यक्ष प्रकाश सिंहले बताएका छन् । जग्गा खरिदका लागि महासंघ जिल्ला शाखाको गएको साउन १३ गते निर्णय गरेका थियो ।

यसै वर्षबाट भवन निर्माणको काम सुरु गर्ने गरि जग्गा खरिद गरेको अध्यक्ष सिंहको भना ईरहेको छ । जमिन मार्तडी स्थित मालिका माविको छात्रबास भवन नजिकै रहेको छ । शाखा स्थापना पछिको डेढ दशकपछि आफ्नै नामको जमिन खरिद गरेको हो । जिल्लाका नौ वटै स्थानीय तहसँगको सहकार्यमा ७ लाख बराबरको मूल्यको जमिन खरिद गरेको सचिव प्रेम विकले बताएका छन् ।

सरकारले भूकम्पपछि बनेका घरको बिमा गर्दै ।
सरकारले भूकम्पपछि बनेका नीजि घरलाई अनिवार्य बिमाको व्यवस्था गर्ने भएको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि तयार पारेर मन्त्रिपरिषद्मा पठाएको छ । प्राधिकरणका अनुसार मन्त्रीपरिषद्बाट पारित भएर आइसकेपछि भूकम्पका कारण भत्केर बनाइएका घरको बिमा गर्ने कार्यक्रम लागु हुनेछ । बिमा कार्यक्रमका लागि सरकारले राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । बिमा कार्यक्रमले ५ लाखसम्मको क्षति समेट्नेछ ।

प्राधिकरणको मापदण्डभित्र रहेर निर्माण भएका घरहरुको हकमा मात्रै यो कार्यक्रम लागु हुनेछ ।बिमापछि प्रभावितलाई धेरै फाइदा हुने प्राधिकरणका सह प्रवक्ता घिमिरेले बताउनुभयो । पुनर्निर्माण भइसकेका घरको बिमा सम्बन्धी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको विज्ञहरूको बुझाइ छ । तर कार्यान्वयनको पाटोमा सरकार गम्भीर बन्नुपर्ने विपत् विज्ञ डा. गंगालाल तुलाधरले बताउनुभयो । प्राधिकरणको तथ्यांक अनुसार भूकम्पपछि भत्किएका ८ लाख घरमध्ये अहिलेसम्म ३ लाख २६ हजारभन्दा धेरै घर पुनर्निर्माण भइसकेका छन् । साढे ५ लाखभन्दा धेरै घर निर्माणको क्रममा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार