खुशी बनाउन ग्राहकलाई होटेलहरुले गर्छन् यस्तो काम

  एजेन्सी  455 पटक हेरिएको

धर्मशाला तथा  होटेल, लजका ओछ्यानमा सेतो तन्नाको प्रयोग गरिन्छ । आखिरी किन सेतो तन्ना नै प्रयोग गरिन्छ ? यसबारे कमैलाई मात्रै थाहा होला । सेतो सबैभन्दा सफा देखिने तन्ना हो । सोतो तन्ना ओछ्याउनुको पहिलो कारण भनेको सफा देखिनु र देखाउनका लागि नै हो। सेतो तन्नामा केही झर्यो भने दाग बस्छ। यसकारण ग्राहकले खाने पिउने बेलामा पनि निकै ध्यान राख्छन्। सेतो कपडामा ब्लीच सजिलै हुन्छ। ब्लीजले सेतो तन्नामा चमक आउँछ।

सेतो रंगले मनलाई शान्त बनाउँछ। सेतो तन्नामा सुत्दा राम्रोसँग निदाउन सकिन्छ। सेतो तन्ना होटलमा यस कारण ओछ्याइन्छ की ग्राहकले रिल्याक्स गर्न सकून्।वैज्ञानिकहरुका अनुसार अन्य रंगको तुलनामा सेतो रंगको तन्नामा सुत्दा राम्रोसँग निन्द्रा लाग्छ। र बारम्बार ब्युँझिँदैनन्।

१९९० सम्म होटलमा रंगीन बेडशीट प्रयोग गरिन्थ्यो। त्यो बेला रंगीन बेडशीटको प्रयोग दागलाई लुकाउन र ग्राहकलाई खुशी बनाउनकालागि गरिन्थ्यो। तर पछि वेस्टिन होटलका डिजाइनरले ग्राहककालागि आलिशान ओछ्यान कस्तो हुनुपर्छ भन्ने विषयमा शोध गरे। त्यसपछि सेतो तन्ना सबैभन्दा राम्रो विकल्पका रुपमा अघि सारियो।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार