रहेनन् पूर्व यातायात सहायकमन्त्री हिराचन

  मूलधार पोष्ट  490 पटक हेरिएको

मुस्ताङ-सिङ्गो मुस्ताङले चिन्ने,सबैको मनमष्तिकमा एकप्रकारको अमिट छाप कायम गर्न सफल मुस्ताङ जिल्ला मार्फा गाउका एक पञ्चायतकालिन हस्ती हुन् नरबहादुर हिराचन । समयले मूत्यू संगै उहाँले शुक्रबार दिउँसो यो संसारबाट बिदा लिन पुगे ।अब मुस्ताङका जनताले नरबहादुर हिराचनलाई भौतिक रुपमा देख्न पाउने अवसर छैनन् ।

मार्फा गाउका मात्रै होईनन् पञ्चायतकालिन नेता हिराचन समग्र मुस्ताङ जिल्लाकै अभिभावकको रुपमा उनलाई हेरिन्थ्यो ।पञचायतकालिन नेता हिराचन २०३२ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए ।त्यसपछि उनी २०३५ सालमा पूनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।राष्ट्रिय पञ्चायत सदस्यको दोश्रो कार्यकालमा हिराचन निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार संम्हाल्ने अवसर प्राप्त गरेका थिए ।सो कार्यकालमा क्याबिनेट मन्त्री हरिशचन्द्र महतको कारणबश राजिनामापछि उनले केही समय क्याबिनेट मन्त्रीको कार्यभार संम्हाल्ने मौका पाए ।क्याबिनेट मन्त्री हुदा हिराचनले बाँके कोहलपूरको महेन्द्र राजमार्ग सडक निर्माण गरेका थिए ।

पूर्व मन्त्री हिराचन पञ्चालयतकालिन ३० वर्षिय शासनकाल अवधिमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियूक्त भएका थिए ।यो पद राष्ट्रिय पञ्चायत सदस्य जक्तिकै महत्व राख्थ्यो ।हिराचनको मन्त्री स्तरियकार्यकालमा उहाँले उत्तरी कोरलानाकाको तिब्बत संग मुस्ताङको व्यापारिक संम्वन्ध सुमधुर गरेका थिए ।संम्वन्ध बिस्तारपछि नेपालीहरु चीनको तिब्बती भूमीको ३० किलोमिटरक्षेत्र भित्र निर्वाध आवत जावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए ।

पूर्व मन्त्री हिराचनले थुप्रै संघ संस्थामा योगदान पू¥याएका व्यक्तित्व हुन् ।हिराचन मुस्ताङमा गठन भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिको संस्थापक अध्यक्ष थिए ।उहाँकै रेडक्रस कार्यकालमा जोमसोममा ४ कोठे रेडक्रस भवन निर्माण भएको हो ।पूर्वमन्त्री हिराचन बाल संगठनमा आवद्ध हुदै बाल हकअधिकारका लागि योगदान पू¥याएका थिए ।

पूर्वमन्त्री नरबहादुर हिराचनको शनिबार दिउसो २ बजे पोखरामा निधन भएको उहाँको पारिवारीक श्रोतले बताएको छ ।उनको पार्थिव शरिरलाई अहिले हेलिकप्टर मार्फत मार्फा ल्याईएको मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष राजु लालचनले जानकारी दिए ।उहाँका अनुसार हिराचनको पार्थिव शरिरलाई आईतबार अन्त्यष्टी गर्ने कार्यक्रम रहेको लालचनले जानकारी दिए ।हिराचनको निधनको समाचार प्राप्त गरेपछि आफन्तजनहरु अहिले मुस्ताङ आएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार