लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

  मूलधार पोष्ट  296 पटक हेरिएको

बाजुरा- लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत बाह्विसमा भव्य कार्यक्रम आयोजना गरिएको छ । केयर नेपाल, पीसविनको साझेदारीमा सञ्चालित न्यायमा पहुँच कार्यक्रमको सहयोग, वडा कार्यालयको आयोजना, रेडियो बाजुरा, युएनएफपीए, सञ्चारीका समूहको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

बुढीगंगा नगरपालिकाका उपप्रमुख तारा खातीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा स्थानीय सर्वसाधारण देखि धामी झाँक्री सबै सबैकोे उपस्थिति रहेको पीसविन न्यायका लागि पहुँच परियोजना अधिकृत मेनुका मल्लले बताउनु भएको छ ।

कार्यक्रममा हस्ताक्षर संकलन, सडक नाटक, साँस्कृतिक कार्यक्रम सहीतका गतिविधि सञ्चालन गरिएका छन् ।स्थानीय महिलाले हिंसा विरुद्धका देउडा गीत र अन्य सचेतना मुलक कार्यक्रम गरि कार्यक्रम मनाएको सहकर्मी ईश्वर नाथले जानकारी दिनु भएको छ ।

‘लैंगिक हिंसा दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ दजिल्ल व्यापी रुपमा विभिन्न कार्यक्रम भईरहेका छन् । कार्यक्रममा प्रहरी सेवा, लैगिंक हिंसा बारे कानुनी व्यवस्था बारे जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार