निर्मला पन्तको पोष्टर टास्दा १२ जना प्रकाउ

  मूलधार पोष्ट  218 पटक हेरिएको

काठमाडौं-  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या गरेको हत्यारालाई पक्राउको माग गर्दै तस्बिर सहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले शुक्रबार काठमाडाैंको माइतीघर मण्डलामापक्राउ गरेको छ ।

अभियानकर्ता प्रितम सुवेदीका अनुसार पन्तको तस्बिर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको बताएको छ।

पन्तको बलात्कारी र हत्यारालाई पक्राउको  माग गर्दै माइतीघरमा प्रदर्शन समेत गरिएको हो । बिजुलीको पोलमा मृतक निर्मलाको तस्बिर टाँस्न खोज्दा पक्राउ गरिएको सुवेदीले बताउनुभएको  छ । उनका अनुसार पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्त लगिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार