कक्षा १२ मा पढ्ने पुजा थापा मृतअवस्थामा भेटिन्

  यज्ञराज उपाध्याय  1563 पटक हेरिएको

कैलाली(टिकापुर)-टीकापुर नगरपालिका १ ब्लक नम्बर १६ मा शुक्रबार बिहानै एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । बिहानको झिसमिसे उज्यालोमा मृतकको शव वरिपरिका स्थानीयहरुले देखेर प्रहरी जानकारी गराएका थिए । ब्लक नम्बर १६ स्थित देवु राईस एन्ड आयल मिल नजिकैको खाली ठाउँमा १६ बर्षिय किशोरी पुजा थापाको शव बेवारिसे अवस्थामा स्थानीयहरुले देखेका थिए ।

बिहिवार बिहान ९ बजे घरबाट निस्के पश्चात घर नफर्केकी मृतक पुजा सितापुरमा रहेको श्री जनजागृति माविमा कक्षा १२ मा अध्ययनरत थिइन । घटनास्थलमा पुगेर प्रहरीले सञ्चारकर्मी, केही स्थानीयहरुकै अगाडी शव रिपोर्टिङ गर्दा मृतक पुजाको शरीरमा कुनै संकास्पद घाउ वा चोटपटक समेत भेट्टाएको छैन तर स्थानीयहरुले भने उनको हत्या भएको दाबी गरिरहेका छन । घरमा पनि कुनै झैझगडा नभएको पारिवारिक श्रोतले बताएको छ । प्रहरीका अनुसार उनले बिहीवार साझपख बिषसेवन गरेको हुनसक्ने आशंका छ ।

मृतककी माइजू नाता पर्ने जानकी रावलले केही दिन अगाडी एउटा केटाले उनलाई मार्छु भन्दै धम्की दिएको कुरा गाईंगुईं सुनेको बताईन । पुजाको घर नजिकै घर भएका मामा नाता पर्ने पदम रावलले ११ गते उनिसंग अन्तिम कुरा भएको बताउदै उनले कुनै संकास्पद कुराहरु नगरेको बताए । पुजाका आमाबुबा हाल भारतमा रहेका छन । उनी यहाँ हजुरआमा संग बस्दै आईरहेकि थिइन ।

उनको शव जहाँ बेवारिसे अवस्थामा थियो त्यो भन्दा अलिकति अगाडी बन्दै गरेको घरमा एउटा सानो औषधिको बोतल रहेको र मृतकले त्यहाँ उल्टि समेत गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले तत्काल बिष सेवन गरेकै पनि भन्न नमिल्ने बताउदै अब पोस्टमार्टम रिपोर्टका आधारमा थप अनुसन्धान गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार