योजना तर्जुमा तथा अनुगमन तालिम

  मूलधार पोष्ट  356 पटक हेरिएको

बाजुरा-सहभागिता मुलक योजना तर्जुमा तथा अनुगमन प्रक्रियालाई प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको छ । समुदाय स्तरमा रहेका सामुदायिक विकास समिति र परियाजना व्यवस्थापक समितिका पदाधिकारीलाई तालिम सञ्चालन गरिएको हो ।

गुड नेवर्श इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पीसविन बाजुराद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा योजना तर्जुमा तथा अनुगमन तालिम सञ्चालन गरिएको परियोजना अधिकृत टेकबहादुर थापाले बताए ।

तीनदिन सम्म चलेको तालिम मार्तडीमा सञ्चालन गरिएको थियो । तालिममा साविक काँडा, जयवागेश्वरी, गुदुखाती, डोगडी, कुल्देवमाण्डौ र बाह्रबिसका आठ ओटा सामुदायिक विकास समिती र परियोजना व्यवस्थापन समितीका १६ जना पदाधिकारीहरु सहभागि रहेको थियो ।

तालिमको सहजिकरण गुड नेवर्श इन्टरनेशनल नेपालका प्रगुण शमशेर राणा र सानु भाइ पहरी गरेका थिए , परियोजनाहरुको योजना तर्जुमा तथा कार्यन्वयनमा र अनुगमनमा लाभाम्वित समुदायको सक्रिय सहभागिता सुनिश्चित गरी उपयुक्त सुझावलाई कार्यान्वयन गदै परीयोजनाको लक्ष्यतथा उद्देश्य हासिल तालिमको आयोजना गरीएको हो ।

तालिमबाटै परियोजनाले सञ्चालन गरेका गतिविधिलाई सहयोग गर्न प्रत्येक वडाहरुमा सामुदायिक विकास समिती र सबै वडाको प्रतिनिधित्व गदै एउटा परीयोजना व्यवस्थापन समिती गठन गरेको छ । समितिले सिफारिस गरेका योजनालाई नै परियोजनामा समावेश गरि कार्यान्वन गरिने परियोजना अधिकृत टेकबहादुर थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार