साथिहरु तपाइले आफूले यो चिह्नको मत हालेको भनेर फेसबुकमा तस्बिर त सार्वजनिक गर्नुभएको छैन् ! होसियार यस्तो सजाए छ

  मूलधार सम्वादाता  268 पटक हेरिएको

 काठमाडाैं – पहिलो चरण अन्तर्गतको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदानको समय सकिएको छ। आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको थियो। देशभरका ३२ जिल्लामा आइतबार निर्वाचन सम्पन्न भएको छ ।

हिजोको मतदानमा सहभागी राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरेको पाइएको छ। यस्तो कार्य कानुनी हिसाबले दण्डनीय हो।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतसंकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार