नेकपाले लगायो प्रदेश कमिटी सदस्यको नामको टुङ्गो, बाजुरामा को को परे नाम सहित

  मूलधार पोष्ट  636 पटक हेरिएको

बाजुरा- नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि सबै प्रदेशको पूर्ण विवरण आजमात्रै सार्वजनिक गर्ने जनाएको छ ।

सुदूरपश्चिम प्रदेश कमीटीको नाम भने सार्बजनिक भैसकेको छ । जसमा बाजुराबाट १३ जनाको नाम सिफारीस भएको छ । जसमा  साविक नेकपा एमालेबाट ७ जना र साविक माअोवादीबाट ६ जनाको नाम सिफारिस गरिएको छ । जसमा साविक नेकपा एमालेबाट कालीबहादुर शाही, बलदेव रेग्मी, बसुन्धरा रोकाया, अज बहादुर मल्लको नाम सिफारिस भएको छ । त्यस्तै  रंगमान शाही, चन्द्रबहादुर थापा र  मान बहादुर रावलको नाम पनि साविकको नेकपा एमालेबाट सिफारिस भएको छ ।

  • त्यस्तै साविक माओवादीमा बाजुराबाट सिफारीसमा पर्नुभएका मनलाल खत्री, कर्ण विक , देवीचन्द्र बुढा,  सुरेश रोकाया र कमल कुरामी शाहको नाम पनि सुदूरपश्चिम प्रदेश सदस्यको लागि सिफारीस भएको छ ।

यस्तै अब नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार