नयाँ ढाँचासहित कक्षा १० को एसइई परिक्षा तालिका सार्बजनिक (तालिका सहित)

  मूलधार पोष्ट  224 पटक हेरिएको

काठमाडाैं- २०७५ अर्थात यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई  चैत्र १० गतेबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैत्रबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताए । देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उनले बताए । गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताए । परिक्षा तालिका सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार