२ थान कटुवा पेस्तोलसहित भारतीय नागरिक प्रकाउ,

  मूलधार सम्वादाता  316 पटक हेरिएको

बाँके-  भारतीय सीमा नजिकको एक बस्तीबाट प्रहरीले २ थान कटुवा पेस्तोलसहित भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।

भारतको बहराइच जिल्ला रुपैडिया केवलपुर गामका ५३ वर्षीय परसुराम पासीलाई बाँकेको डुडुवा गाउँपालिका –६, बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने खाली खोका एक थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ हातहातियार ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अनुसन्धान टोली नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला पारी शंका लागि रोकेर चेकजाँच गर्दा हतियार फेला परेको जनाएको छ ।

पासीका साथमा रहेका बाँकेको डुडुवा –६, का ५० वर्षीय राजेन्दकुमार गोडिया भने भागेको प्रहरीले जनाएको छ । प्रहरीसँग चेकजाँचमा भागेका राजेन्द्र कुमार गोडियाको खोजतलासको लागि घरमा तलासी लिने क्रममा उनको घर कोठा भित्र लोड अवस्थामा रहेको भरुवा बन्दुक एकथान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फरार गोडियाको खोजतलास एवम् पक्राउको लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चुनावको नजिक सीमा क्षेत्रमा सुरक्षा चेकजाँच बढाइएको प्रहरीले जनाएको छ ।m

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार