दुर्घटना अपडेट- मृतकको संख्या ५ पुग्यो

  मूलधार पोष्ट  341 पटक हेरिएको

दैलेख- दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ ज-ना गम्भीर घाइते भएका छन् । भे १ च २२०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो ।

दुर्घटनामा ३० बर्षका ठाटीखाँद गाउपालिका वडा नम्बर २ चालक रमेश शाही सहित ठाटखाँद गाउँपालिका १ का २४ वर्षका निर्मल बम र वडा नं. ३ का ४५ वर्षका राजेन्द्र बहादुर शाही र वडा नम्वर २ का २६ वर्षका दिलिप शाही, वडा नं. ४ का ४६ वर्षका रत्ना शाहीको मृत्यु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रशाद बास्कोटाले सीआइएनलाई जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भिर घाइते भएका सागर बम, जुद्ध सुजी र एक जना नाम नखुलेको महिलालाई जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज लगिएको उहाँले बताउनुभयो । गाडी सडकदेखि करिब ४० मिटर तल खसेको प्रमुख पोखरेलको भनाई छ ।

सांघुरो मोड भएकाले घुम्तीमा गाडी पछाडी लिने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि गाडी चालकको मृत्यु भइसकेकाले घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । सांकेतिक तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार