प्लान्ट दुर्घटनामा २२ जनाकाे मृत्यु

 221 पटक हेरिएको

एजेन्सी- उत्तरी चीन स्थीत एक केमिकल प्लान्टमा भएको दुर्घटनामा २२ जनाकाे  ज्यान गएकाे छ । बेजिङबाट करिब २ सय किलोमिटर टाढा रहेको हाबेइ सेगुआ केमिकल प्लान्टमा उक्त दुर्घटना भएको चिनियाँ अधिकारीले जनाएको छ ।

प्लान्ट विस्फोटमा परि ५० सरवारी साधन जलेको र ६३ मानिस घाइते भएको प्रारम्भीक सुचना प्रहरीले दिएको छ । स्थानिय मानिसलाई घटना क्षेत्र वरपर नजान भनिएको छ । घटनामा घाइतेको संख्या बढ्ने आंकलन गरिएको छ । धेरै घाइतेहरु जलेका अबस्थामा भेटिएका छन् ।

सामान्य घाइतेको संख्या अधिक रहेको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार