कानुन मन्त्रीले दिए राजीनामा

  मूलधार सम्वादाता  590 पटक हेरिएको

एजेन्सी-  पाकिस्तानको कानून मन्त्री जहिद हमिदले आइतबार राजीनामा दिएका छन् ।
इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले देशभर लगातार रुपमा गरेको हिंसात्मक प्रर्दशनको कारण उनले राजीनामा दिएका हुन् ।

पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ता भन्दा बढी हिंसात्मक प्रर्दशन जारी रहेको थियो ।

देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजीनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिएको राज्यद्वारा सञ्चालित समाचार समिति ‘एसोसिएटेट प्रेस अफ पाकिस्तान –एपीपी) ’ ले जनाएकोछ । तर राजीनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन् ।

इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ता भन्दा बढी समययता हमिदको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । हमिदले आइतबार अबेर राति राजीनामा दिएका थिए ।
हमिदको राजीनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन बन्द भएको बताइएको छ । राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानल पिटिभीले पनि मन्त्रीको राजीनामाको समाचार प्रशारण गरेको छ ।

यस राजीनामाको विषयलाई लिएर सरकार अधिकारीहरुको भने कुनै टिप्पणी हालसम्म आएको छैन् ।
प्रदर्शनले हिंसात्मक रुप लिएपछि त्यहाँ अाइतबारदेखि सेना परिचालन गरीएको छ ।

प्रदर्शनका क्रममा धर्नामा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउने क्रममा इस्लामिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १ जना सुरक्षाकर्मीको मृत्यु भएको थियाे।

झडपका क्रममा सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् । संगठनले पाकिस्तानका कानुन मन्त्री हमिद हमीदको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएकोमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार