विद्यालय बन्यो गोरु हुल्ने गोठ

  संगिता निमेलसीना  237 पटक हेरिएको

बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका – ३ सिराडीमा रहेको पंञ्च लक्ष्मी आधारभुत बिद्यालयकोे भवनलाई गोरु हुल्ने गोठका रुपमा प्रयोग गरिएको पाइएको छ ।
वडामा रहेको विद्यालय मर्मतमा कुनै सरोकारवाला र स्थानिया निकायहरुले ध्यान नजाँदा यहाँका स्थानीयहरुले विद्यालयको कक्षा कोठा गाई भैंसी हुल्ने ठाउँ बनाएका छन् ।
२०२८ सालमा निर्माण भएको भवन पुरानो भएपछि कसैले पनि रेखदेख नगरी झनै बेलुकापख गोरु हुल्ने गोठ बनाएको किसान संगठन अध्यक्ष सुकबिर खड्काले बताउनुभएको छ ।

वहाँका अनुसार विद्यालयका व्यवस्थापन समितिले समेते त्यसतर्फ कुनै चासो नदेखाएपछि सो कार्य बढ्दै गएको बताउनुभयो । कक्षा कोठामा पशुचौपाया हुल्ने गरेपछि विद्यालयको छानोको जस्तापाता पनि लापरबाही बताउनुभएको छ ।  यता विद्यालय व्यवस्थापन समितीले भने भवन धेरै पुरानो भएकाले खास सो भवन प्रती चासो कसैले नभएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार