भिरबाट लडेर महिलाको मृत्यु

  मूलधार पोष्ट  222 पटक हेरिएको

बाजुरा- बडिमालिका नगरपालिका वडा नं ९ बाउलीकी एक महिलाको शनिवार भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ९ बाउलीकी  वर्ष ४५ की दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

मृतक गुरुङ शनिसवार मार्तडीको गैरीबजारमा रहेकोे बलबिर गुरुङको घरमा पुजा सकेर साँझ ६:३० बजेतिर फर्किउकी र फर्किने क्रममा जिल्ला अस्पताल बाजुराको डिलबाट खसेर मृत्युभएको प्रहरीले जनाएको छ ।

मृतक गुरुङको सब करिब २५ मिटर तल साँफे मार्तडी सडकमा भेटाएको हो ।  अहिले शवलाई पोष्टमाटमको लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले जानकारी जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार