ज्योतिष शात्र- मंङ्सिर ९ गते देखि १५ गतेसम्मको प्रत्यक व्यक्तिको भाग्य र भविष्य

  धर्म दर्शन  334 पटक हेरिएको

मंसिर ९–१५, २०७५. ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन्। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। अर्थ अभाव देखिए पनि भौतिक साधन जुटाउन सफल भइनेछ। मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि सफल भइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो -रारम्भमा बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। मंगलबारदेखि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। योजनाहरू गोप्य राख्नुहोला, मिहिनेतले प्रतिफल दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह -इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर मंगलवार, बुधवार र शनिवार भने परिस्थिति केही असहज बन्न सक्छ। बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो -प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढा बस्ने आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। विभिन्न कामका अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ। तापनि सप्ताहान्तमा उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे -सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। मंगलवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा हुनेछ। मिहिनेत गर्दा नाम र दाम हातपार्न फल भइनेछ। तर, वादविवादबाट टाढै बस्नुहोला, खानपानमा पनि सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – बेलामा हिम्मत गर्न नसक्दा काममा विलम्ब हुन सक्छ। आफ्नैले पनि धोका दिन सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। मंगलवार र बुधवार मनग्गे आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। बिहीवारदेखि खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – अरूका काममा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा पनि आम्दानी बढ्नेछ। अरूको मन जितेर काम बनाउन सकिनेछ। सप्ताहान्तमा भने स्वास्थ्यबाधा र फजुल खर्च बढ्नाले केही समस्या देखापर्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। केही चुनौती पनि देखिनेछन्। तापनि अप्ठ्यारा परिस्थितिलाई सुल्झाउन सकिनेछ। अरूको स्वार्थमा उपयोग भइने समय रहेकाले सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। काममा चुनौती देखिए पनि आयस्रोत बढाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -सुरुमा प्रियजनसँग भेटघाट हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा बढ्नेछ। व्यवसायमा कम फाइदा हुनेछ। मंगलवार र बुधबार परिस्थिति केही असहज बन्न सक्छ। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। अर्थ उपार्जनमा कमी आए पनि पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। सप्ताहान्ततिर धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि -प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। बिहीवारपछि यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द -आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। तापनि प्रतिस्पर्धीहरूले बिनाकारण दु:ख दिन सक्छन्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। सप्ताहान्तमा नाम र दाम हातलागी हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार