सिडियोले जाँड खाएर लठ्ठ परेपछि मतपेटी राजमार्गमै

  मूलधार सम्वादाता  363 पटक हेरिएको

बझाङ- आइतबार साँझ तोकिएको समयमा नै प्रदेश र प्रतिनिधि सभाका लागि अन्य हिमाली जिल्लामा जस्तै बझाङमा पनि मतदान सकियो।

मतदान सकिएसँगै निर्वाचनमा खटिएका कर्मचारीले त्यपछिका कानुनी प्रकृया पूरा गरे। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने सुरसार थाले।

११ दिनपछि मात्र मतगणना हुने भएकाले सुरक्षित रुपमा निर्वाचन कार्यालय पुर्‍याउनु थियो। बझाङका केही विकट ठाउँबाट मतपेटिका हेलिकप्टरमार्फत् ‌ओसारे पनि केही स्थानमा गाडीबाटै मतपेटिका पुर्‍याउने तयारी थियो।

गाडीबाट मुख्य निर्वाचन कार्यालयसम्म मतपेटिका पुर्‍याउने जिम्मेवारी बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले लिएका थिए। मतपेटिका पुर्याउन १० वटा गाडीको व्यवस्था गरेको ब्रिफ यसअघि उनले नै गरेका थिए।

मतदान सकिएपछि मतपेटिका लिएर कर्मचारी गाडी कुरेर बसे। केही घन्टा बितिसक्दा पनि गाडी आएन। गाडी नआएपछि एक कर्मचारीले सिडियोलाई सम्पर्क गरे। प्रहरी स्रोतले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार सिडियोको मोबाइल स्वीच अफ थियो। स्रोत भन्छ – सिडियो साँझदेखि नै मदिराले मातेर लडेका रहेछन्।ु

सिडियो सम्पर्कविहीन भएपछि मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले सम्पूर्ण जानकारी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई गराए। यादवले तत्काल प्रहरी प्रशासनलाई मतपेटिका ल्याउन निर्देशन गरे।

बझाङ जिल्लाका सुरक्षा प्रमुखले रातारात गाडीको व्यवस्थापन मिलाए। र मतपत्र ‌ओसारियो। घटनाक्रमबारे जानकारी लिन खोज्दा डिएसपी ऋषिराम कँडेलले मतपत्र ल्याउन केही ढिलो भए पनि सुरक्षित रुपमा मतपत्र ल्याएको बताए। घटना के भएको थियो भने खुलेनन्।

बझाङका केही विकट क्षेत्रमा सोमवार विहानसम्म पनि मतपटिका ओसार्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत वास्तोलाले बताए।

प्रमुख जिल्ला अधिकारी जोशीस‌ँग यसबारे प्रतिकृया लिन खोज्दा उनले भौगोलिक अवस्था विकट भएकाले मतपेटिका ल्याउन ढिलो भएको बताए। उनले भने, ुराजमार्गसम्म आउन समय लाग्छ। त्यसमा पनि एकरदुई मात्र मतपेटिका लिएर हिँड्नु भएन। जम्मा गरेर आउँदा रात भर लागेको हो। पहिलो पोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार