शिक्षक सेवा आयोगको नतिजाको यस्तो छ भित्री जालो

  पत्रपत्रिकाट  644 पटक हेरिएको

शिक्षक सेवा आयोगले सर्वाेच्च अदालतको सैवैधानिक ईजलासको विचारधिन मुद्धालाई मिच्दै नतिजा प्रकाशन गर्न लागेको प्रति पुनरुत्थानवादी शीक्त नेपालले विरोध जनाएको छ । शनिवार चितवनमा पत्रकार सम्मेलन गरि एउटै स्थरको पढाई गर्ने शिक्षक मध्य ७५ प्रतिशतलाई स्थाष्ी गरि बाँकी २५ प्रतिशतलाईजवरजस्ती अवकाश लिनु पर्ने सरकारको निति विरुद्ध सो शक्तिले विरोध गरेको हो ।

पुर्व राजा ज्ञानेन्द्रले सतपैतिशत शिक्षकलाई स्थायी गर्न गरेको आदेश यस्तै २०६६ सालमा सर्वोच्च अदालतले शतप्रतिशत कोटामा विज्ञापन गर्ने दिएको परमादेशलाई वेवास्ता गर्दै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले ४९ प्रतिशतमात्र कोटामा विज्ञापन गर्ने आदेश भए पछि पुर्नरुत्थानबादी शीक्तले लोकतन्त्र शीक्तले शिक्षक माथि अन्याय गरयो भन्दै पुर्व राजा र नेपाली सेनामा निवेदन समेतगरेको अधिवक्ता कोषराज कापmलेले जानकारी दिनु भयो ।

सो निवेदन पछि २०७४ कार्तिकमा ७५ प्रतिशत कोटामा विज्ञापन गरि अहिले परिक्षा लिएको र यहि मंसिर १९ गते सवैधानिक ईजलास बस्ने र सो मुद्धामा केही निर्णय आउनु पुर्व नै शिक्षा सेवा आयोगले नतिजा सार्वजानिक गर्ने तयारी गरेका कारण विरोधमा उत्रने तयारी गरिएको सो शक्तिकी नेता तारा बरालले जानकारी दिनु भयो ।

यदि अस्थायी शिक्षकहरु शत प्रतिशत नै स्थायी हुने बाटो नदिई नतिजा सार्वजानिक भएमा पुनरुत्थानबादी शीक्त शक्तक्त विद्रोहमा उत्रने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै पत्रकार सम्मेलनमा अस्थायी शिक्षक भई अवकाश प्राप्तले समेत जति वर्ष सेवा गरेको हो सोही बमोजिम सुविधा पाउनु पर्ने समेत माग गरिएको छ । यो खबर  कालिका न्युज बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार