स्वर्गिय निर्मला पन्तका बुवाको मानसिक अवस्था झन समस्या

  मूलधार पोष्ट  231 पटक हेरिएको

कैलाली- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिदै गएपछि उपचारका लागि अन्यत्र लैजान धनगढी ल्याइएको छ। यज्ञराजलाई शनिबार साँझ बुद्ध एयर मार्फत काठमाडौँ लैजाने तयारी भएपनि लैजान समस्या देखिएको छ। धनगढी विमानस्थल पुगाईएका पन्तले एक्कासी रुने, हाँस्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुढा गर्न थालेपछि विमानमा काठमाडौँ लैजाने प्रयास असफल भएको अधिकारकर्मी शारदा चन्दले बताईन्। अब उनलाई बस वा एम्बुलेन्स मार्फत लैजाने तयारी भइरहेको उनले जानकारी दिईन्।

छोरीको न्यायका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा कार्तिक २५ गतेदेखि धर्नामा बस्दै आएका यज्ञराजको मानसिक अवस्था बिग्रिदै जान थालेकाले उपचारका लागि अन्यत्र लैजान चिकित्सकले सुझाव दिएका थिए। कञ्चनपुरमा मानसिक रोग विशेषज्ञ डाक्टर नभएकाले पनि पन्तलाई काठमाडौँ लैजाने तयारी गरिएको हो।

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया किशोरी निर्मला पन्तको गत साउन ११ गते बलात्कार पछि हत्या गरेको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसएसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ। तर, घटनामा संलग्न व्यक्तिको भने अझैं पहिचान हुन सकेको छैन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार