अव रहेन युवा नेता दीपेन्द्र

  मूलधार पोष्ट  234 पटक हेरिएको

कपीलबस्तु- अघिल्लो वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको छ ।

कपिलबस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे स्थानीय युवा नेता चौधरीलाई गोली प्रहार गरेको बताइएको छ ।

गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले बताउनुभएको छ । गोली प्रहार भएको स्थानमा गोलीका ३/४ व६ा खोका समेत भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिउका छन्  ।

आन्तरिक झगडाका कारण तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानी फरार भएको हुनसक्ने अनुमान गरिएको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार