महिला हिंसा विरुद्धको १६ अभियान सञ्चाल गर्दै “रेडियो बाजुरा”

  मूलधार पोष्ट  415 पटक हेरिएको

बाजुरा- रेडियो बाजुराले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । यूएनएफपीए, सञ्चारीका समूहसँगको सहकार्यमा रेडियो बाजुराले २०१८ नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालन हुने अभियानको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेको हो ।

लैगिक हिंसा र दुव्र्यवाहार छै हामीलाई स्वीकार भन्ने नाराका साथ सञ्चालन हुने अभियान अवधीभर सञ्चालन हुने गतिविधिबारे आजमात्र जिल्ला स्तरीय सरोकारवाला निकायसँग छलफल गरेको छ । सरोकारवालासँग गरिएको पूर्व तयारी बैठकको सुझावका आधारमा जिल्ला व्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको रेडियोका स्टेशन प्रबन्धक कृष्ण ओलीले बताएका छन् ।

१६ दिने अभियानको सुभारम्भ स्वरुप बडिमालिका नगरपालिकाको मार्तडी र खप्तड छेडेदह गाउँपालिकाको १ र ३ काँडा जयवागेश्वरीमा नारा जुलुस सहीतको र्याली कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम स्थानीयतह र अन्य सरोकारवाला निकायसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको हो ।

अभियान अन्र्तगत लैगिंक हिंसा, छाउ कुप्रथा, बालविवाह, बहु विवाह जस्ता अपराध विरुद्धका ऐन कानुनमा समेटीएका व्यवस्थालाई प्रश्न बनाएर महिला, बालबालिका र विद्यार्थी सहीतको संलग्नता हुने गरी हाजिरी जवाफ तीन वटा स्थानमा सञ्चालन गर्ने रेडियोले तयारी गरेको छ ।

यस्तै बालविवाह र छाउ कुप्रथा विरुद्ध महिलाहरु बीच देउडा कार्यक्रम, बालविवाह, महिला हिंसाबारे सन्देश समेटीएको सडक नाटक तीन वटा स्थानमा प्रर्दशनगर्ने निर्णय गरिएको छ । कार्यक्रम स्थानीयतह सरोकारवाला निकाय, गैर सकारी संस्थासँगको सहकार्यमा गर्न गर्ने तयारी गरिएको रेडियो सञ्चालक समिति सदस्य विनोद कुमार विकले बताएका छन् ।

रेडियोले नै गाउँ स्तरमै गएर स्थानीयतह सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको काम आफैमा सकारात्मक र रचनात्मक भएकोले सहकार्य गर्न तयार रहेको सहयोगी हातहरुको समूह सहास नेपाल सिफल्स परियोजना बाजुराका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताएका छन् ।
रेडियोले १६ दिनसम्म बडिमालिका नगरपालिका सहीतका स्थानीय तहसँग मिलेर लगातार अन्र्तवार्ता, छलफल, बहस र सूचना सन्देश प्रशारण सहीत हस्ताक्षर संकलन, कानुन व्यवसायी र सरोकारवालानिकाय, महिला अधिकार कर्मी सहितको रेडियो बहस सञ्चालन गर्ने निर्णय भएको छ ।

बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल, प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाट, समन्वय अधिकारी हिक्मत रावल, गैसस अध्यक्ष अग्नीराज शाही, सरोकारवाला निकाय, पत्रकार सहीत संघ संस्थाका प्रतिनिधि सहीतको सहभागिता रहेको थियो ।

बैठकमा प्रहरी नायवउपरीक्षक उद्धवसिंह भाटले मदिरा व्यवस्थापन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सके आधा बढी हिंसाका घटनाहरुमा कमी आउने बताएका छन् । रेडियो बाजुराले यस अघि पनि १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानको पहिलो दिन मार्तडीमा भव्य र्याली सहीत अभियानको सुभारम्भ गरिने छ । बडिमालिका नगरपालिकाको अगुवाई र अन्य साझेदार निकायको सहकार्यमा बाजागाजा सहीतको सचेतना मुलक र्याली कार्यक्रम सञ्चालन गर्न लागिएको नगर उपप्रमुख कविता विष्टले बताएकी छन् । अभियान मनाउने बारे नगरपालिकामा सरोकारवाला निकायसँग छलफल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार