विप्लव सुरक्षाकर्मी रेडफोर्सका ३ तस्विर

  मूलधार पाेष्ट  236 पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टीको जनसभालाई सुरक्षा दिन विप्लवको हजारौ ‘रेड फोर्स’ लाई तैनाथ गरिएको छ ।हरेक ब्युरोबाट प्रदर्शन हुने र्यालीमा ब्युरो स्तरीय रेड फोर्सले सुरक्षा र र्याली, जनसभालाई व्यवस्थापन गर्ने छन् ।

यसरि काठमाडौँको गोंगबुबाट प्रस्थान गरेको र्यालीको सुरक्षा र ब्यबस्थापनका लागि रेडफोर्सलाई रातो कम्ब्याटमा सुरक्षा फौज तथा स्वंय सेवक तयार गरिएको छ । गोंगबुबाट लैनचौर तिर र्याली जुलुश अघि बढिसकेको छ । हेर्नुहोस पत्रकार खकेन्द्र केसीले लिएका स्थलगत झलकहरु ।

जिपका सिट काट्दै ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिट क्षमता भए पनि जिप व्यवसायीले पछाडी पट्टिको सामान बोक्ने भागमा आफू खुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि आफूहरुले जिपमा जोडिएका पछाडीका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रूपसिंह थापाले बताउनु भएको छ । सामान बोक्ने ठाउँमा यात्रु बोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम बनाउने तथा बढी दुर्घटना निम्त्याउने सम्भावना भएकाले हामीले सिट हटाउन थालेको थापाले बताउनु भएको छ ।

गाउँका कच्ची सडकमा चल्ने जिपमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको अनुमान छ । जिप्रका पछाडी जोडिएका सिटहरु हटाउन थालेपछि स्थानीय वासिन्दा पनि निकै खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार