जुम्लाबाटमात्रै १७ करोडको स्याउ निर्यात

  मूलधार पाेष्ट  260 पटक हेरिएको

जुम्ला- चालू आर्थिक वर्षमा जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ । गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो। यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो । जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो ।
यस वर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउ कृषकले ५० हजारदेखि १० लाखसम्म आम्दानी गरेको तथ्यांक छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै ३ हजार ४ सय टन स्याउ उत्पादन भएको थियो । जसमा २ हजार ३ सय टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको हो। कृषि ज्ञान केन्द्रका विज्ञ बालकराम देवकोटा स्याउको क्षेत्रफलका आधारमा निकै कम फलेपनि गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढेको बताएा छन् ।

जिल्लाका आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब ३ सय जना व्यापारीले अनुमति लिएको स्थानीय सरकारको तथ्यांकमा उल्लेख छ । स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैंसाका दरले कर संकलन गरेको थियो। यहाँका स्याउ किसानले बगैचामै ६० रुपैयाँ प्रतिकेजी स्याउ बेचेका हुन । जुम्ली स्याउ नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगर, लगायत देशका प्रमुख व्यापारिक सहरमा समेत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार