डडल्धुरा बस दुर्घटनाको कारण खुल्यो

  मूलधार पोष्ट  220 पटक हेरिएको

डडेल्धुरा- डडेलधुरामा बिहीबार बेलुका स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको से १ क नम्बरको बस दुर्घटनामा परेको थियो । के आई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवा खोलामा बस दुर्घटनामा परेको र भीरबाट १०० मिटर तल खसेको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले बताए ।

जोशीका अनुसार डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिरमा मेला भर्न गएर फर्किने बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक अधिकारीले बताए ।

‘‘ब्रेक फेल भएको भन्ने कुरा आएको छ । अनुसन्धानकै क्रममा छौं,’’ ती अधिकारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार