हजारौं सर्वसाधारण काठमाडौंमा मार्चपास गर्दै

  मूलधार पोष्ट  223 पटक हेरिएको

काठमाडाैं- प्रदर्शनका लागि अाज काठमाडाैंमा दशाैं हजाराैं मान्छेले मार्चपास गर्दैछन् । त्यसका लागि नेकपाका कार्यकर्ताहरु देशैभरिबाट काठमाडाैं अाइसकेछन् । झापाबाट मेची ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन, धरानबाट कोसी ब्युरो संयोजक पुष्कर, सगरमाथा ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य दीपेश राई र जनकपुर ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देशले अपराह्नदेखि काठमाडौँ मार्च सुरु भएको बताएका छन् ।

साताव्यापी पार्टी पुनर्गठन दिवसअन्तर्गत देशैभरबाट नेकपाका नेता–कार्यकर्ताहरुले शुक्रबार बिहानैदेखि काठमाडौँका लागि मार्चपास्ट सुरु गरेका छन् । झापाबाट मेची ब्युरो इन्चार्ज तथा ताप्लेजुङ, भोजपुर, सङ्खुवासभालगायत हिमाली जिल्लाबाट भने बिहानैदेखि मार्च सुरु भएको छ ।

त्यसैगरी नारायणी ब्युरोका इन्चार्ज तथा केन्द्रीय सदस्य चिरन पुन मिलन, पश्चिम ताम्सालिङ इन्चार्ज तथा केन्द्रीय सदस्य आधार र पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज प्रज्वलनले साँझबाट काठमाडौँ मार्च सुरु भएको बताएका छन् । त्यसैगरी उपत्यका ब्युरोबाट भोलि शनिबार बिहान मात्रै मार्च सुरु हुनेछ ।

काठमाडौँको प्रदर्शनीमार्गमा शुक्रबार साँझ दीप प्रज्वलन भएको छ । उता गण्डक ब्युरोबाट मार्च सुरु भएको जानकारी ब्युरो इन्चार्ज आस्थाले दिएकी छिन् । त्यसैगरी धौलागिरि ब्युरोका इन्चार्ज तथा केन्द्रीय सदस्य विप्लवले अपराह्नदेखि नै मार्च सुरु भएको बताएका छन् । उता लुम्बिनी ब्युरोबाट मार्च सुरु भएको जानकारी ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य वीरजङ्गले दिएका छन् ।

उता राप्ती ब्युरोका सबै जिल्लाबाट मध्याह्नदेखि नै मार्च सुरु भएको जानकारी केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभासले दिएका छन् । त्यसैगरी कर्णाली ब्युरो इन्चार्ज केन्द्रीय सदस्य एटमले शुक्रबार बिहानैदेखि कर्णालीबाट मार्च सुरु भएको र भोलि बिहान ११ बजेसम्म काठमाडौँ पुगिसक्ने बताएका छन् । त्यसैगरी भेरी ब्युरो इन्चार्ज शीतल, सेती ब्युरो इन्चार्ज सिकन्दर र महाकाली ब्युरो इन्चार्ज रापतीले आफ्नो ब्युरोबाट काठमाडौँ मार्च सुरु भएको बताएका छन् । मार्चपास्टमा अहिलेसम्म कुनै अवरोध नभएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार