सप्तरी अपडेट – मृतकको संख्या ५ पुग्यो ६ जना गम्भिर

  मूलधार पोष्ट  273 पटक हेरिएको

सप्तरी- सुदूरपश्चिम प्रदेशको डडल्धुरामा बिहिवार साँझ भएको बस दुर्घटनाको २४ घण्टा नबित्तै ४ स्थानमा बस दुर्घटना भैसकेका छन् । अहिले केहिबेर अगाढीमात्रै फेरी सप्तरी जिल्लामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भैसकेको पुष्ठी भएको प्रहरीले बताएको छ ।

को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। मृतकको सनाखत हुनभने सकेको छैन्। बस सडकबाट अनियन्त्रित भई तल पोखरीमा पसेको छ ।

दुर्घटनामा परी डेढ दर्जन यात्रु घाइते भएका छन्। घाइतेमध्य ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारको लागि रिफर गरिएको गजेन्द्र नारायण अस्पताल स्रोतले जानकारी दिएको छ। उक्त बस डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३, ४, ५ बाट तीर्थयात्रु बोकेर हिजो बिहिवार सुनसरीको चतरास्थित बराह क्षेत्र गएको थियो। ३० जना यात्रु क्षमता रहेको बसमा ६० जना सवार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार