डडेल्धुरा बस दुर्घना बारे बोले घाइते महादेव

  मूलधार पोष्ट  1252 पटक हेरिएको

डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनामा डोटीको शिखर नगरपालिका–१०, तिलतालीका १७ वर्षीय महादेव रावत पनि घाइते भए । ढाडको नशा चुँडिएकोले उनको कम्मरमुनिको भाग नचल्ने भएको छ ।

दायाँ हात भाँचिएको छ र बायाँ हातमा पनि चोट लागेको छ । रावत शिखर नगरपालिका बानडुग्रीसैनस्थित पिसजोन विद्या निकेतन स्कूलको दुर्घटनाग्रस्त उक्त बसका सहचालक हुन् । आमाबुवा दुवै नभएका रावत विद्यालयमा कार्यालय सहयोगी पनि हुन् । आफन्त नहुँदा सेती अञ्चल अस्पतालको बेडमा एक्लै छटपटाइरहेका उनी उपचारको पर्खाइमा छन् । उनी चोटका कारण राम्ररी बोल्न सक्दैनन् ।

दुर्घटनामा ज्यान गुमाएका सबै १८ जनाको सनाखत, नाम सहित
काठमाडाैं: डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत रहेका छन् । त्यस्तै  कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।

त्यसैगरी दुर्घटनामा मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा–३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी–१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो ।

ज्यान गुमाएकाहरुको पोष्टमार्टम डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा गरिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनस्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ ।

दुईलाई डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउलेभन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिए ।रेडियो मितेरीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार