१२ वर्षीया गंगामायाको पेटमा ३४ हप्ताको बच्चा

  पत्रपत्रिकाबाट  385 पटक हेरिएको

काठमाडाैं- १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु। हेटौंडा औलेकी १२ वर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन्। गत माघमा कैलाश–७ का १८ वर्षीया रन्जित तामाङसँग विवाह भएको थियो। गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याइयो। दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भए। बिहीबार उनी प्रसूति गृहबाट डिस्चार्ज भइन्।

‘प्रधानमन्त्रीज्यूले गंगामायाको जीवनरक्षा गर्न भनेपछि हामीले राजधानी ल्याउने पहल गरेका थियौं,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुवँरले भने। प्रधानमन्त्रीको निर्देशनलगत्तै कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी आत्मान तामाङले गंगामायालाई काठमाडौं पठाउने बन्दोबस्त मिलाएका थिए। उनलाई मंगलबार साँझ एम्बुलेन्समा राजधानी ल्याइएको हो। अस्पतालले उनको स्वास्थ्य परीक्षणपछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ। गंगामाया सानै भएकीले उनको हेरचाहका लागि उनकी आमा राममाया साथै आएकी छिन्।

प्रारम्भिक परीक्षणको क्रममा आमा र बच्चा दुवैको अवस्था अहिलेसम्म राम्रो भएकाले गर्भको अवधि पूरा भएपछि पुनः आउनको लागि सुझाव दिँदै बिहीबार डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. गेहनाथ बरालले बताए। ‘समय पुगेपछि मात्र बच्चा जन्माउने प्रक्रिया अघि बढ्छ। आजको नागरिक दैनिकमा खबर छ ।तस्विर नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार