ब्रेकिङ – दार्चुलामा बस दुर्घटना

  मूलधार पोष्ट  440 पटक हेरिएको

दार्चुला- आज बिहान ५ बजेतिर दार्चुल्लामा बस दुर्घटना भएको छ । हिजो  डडल्धुराम भएको बस दुर्घटनापछि फेरी आज एकाबिहानै  दार्चुलामा पनि बस दुर्घटना भएको छ । दुर्घटना मालिकार्जुन दुर्घटनाभएको छ १७ जना घाइते भएको खबर प्राप्त भएको छ थप विस्त्रित जानकारी आउन बाकी छ ।

डोटीमा बस दुर्घटनामा मृत्यु हुनेको सख्या १८ पुग्यो

डडेलधुराको अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १८ पुगेको छ ।

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ ।

डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो । घाइतेहरुको उपचार डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार