परिक्षा फल प्रकाशित- Result हेर्नको लागि तल जानुहोला

  मूलधार सम्वादाता  484 पटक हेरिएको

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल जेठ र असारमा सञ्चालित विज्ञानतर्फ (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ।

यो पनि पढ्नुहोस्

शिक्षक लाइसेन्सको परीक्षा कहिले हुन्छ ?

शिक्षक सेवा आयोगले तत्काल शिक्षक लाइसेन्सको परीक्षा नहुने स्पष्ट पारेको छ । शिक्षा नियमावली नआएसम्म शिक्षक लाइसेन्सको परीक्षा गर्न नसकिने आयोगले जनाएको हो ।

शिक्षक आयोगका अध्यक्ष ताना गौतमले आयोग चाँडै नै लाइसेन्सको परीक्षा खोल्ने तयारीमा रहेपनि लाइसेन्सको परीक्षा गर्दा आधारभूत र माध्यमिक तहका लागि आवश्यक योग्यताको निक्र्यौल नभएकाले समस्या परेको बताए ।

‘माध्यमिक तहका लागि र आधारभूत तहका लागि आवश्यक योग्यता के भन्ने निक्र्योल हुन सकेको छैन । आधारभूतमा हामीले स्नातक तोकौला ।

माध्यमिकतहमा स्नाकोत्तर तोकौंला । फेरी हाल स्नातक भएर माविको लाइसेन्स लिएकाहरुको समायोजनको कुरा छ ।’ उनले भने– ‘यसलाई शिक्षा नियमावलीले प्रष्ट नपारेसम्म परीक्षा गर्न सकिदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार