मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीमाथी बम प्रहार

  मूलधार सम्वादाता  301 पटक हेरिएको

नुवाकोट-  नुवाकोटमा मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको जनाइएको छ।

अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको बताइएको छ।

यद्दपी मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार