बाजुरामा ७६.२० प्रतिशत मत खस्यो,

मतदान गर्न गएका दुई कार्यकर्ता घाईते

  मूलधार सम्वादाता  320 पटक हेरिएको

बाजुरा-  प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन जिल्लाका नौ थानिय तहका ६९ वडामा रहेका ७० मतदान स्थलका एक सय मतदान केन्द्र दिन भर ७६ दशमलब २० प्रतिशत मत खसेको छ। छिटफुट घटना बाहेक बिहान ७ बजे बाट  शान्तिपुण रुपमा मतदान सुरु भएको थियो।

जिल्ला भर पतिनिधी सभाका लागि ६९ हजार ८ सय ३४ जना मतदाता छन् भने प्रदेश सभाको लागि निर्वाचन क्षेत्र नं एकमा २५ हजार तिन सय २७ र क्षेत्र नं दुइका लागि ४४ हजार ५ सय ७ जना मतदाताहरुले मताधीका प्रयोग गर्न पाउँनेमा ७६.२० प्रतित अर्थात ५३ हजार दुई सय १४ मतदाताले मताधिकार प्रयोग गरेको जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले बताएकी छन्।

त्यस्तै  जिल्लाको पुर्बत्तर क्षेत्रको बुढीनन्दा नगरपालिका ओडा नं ८ मा रहेको पिस क्रेटर एकेडोमी पाण्डुसैन मतदान केन्द्रमा मतदान गर्न जाँने क्रमा बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धन बिच ढुङ्गा हानाहान हुँदा लोकतान्त्रीक गठबन्धनका दुई जना कार्यकर्ता घाईते भएका छन् ।

घाईते हुँनेमा २१ बर्षिया फक्कीरे धामी र २३ का दानबहादुर धामी रहेका छन्। घाईतेलाई हेलीकप्टर बाट सेती अञ्चल अस्पतल धनगढीमा उपचार भईरहेको छ। स्थिती नियन्त्रण लिन प्रहरीले पाँच राउँन्ड हवाई फाएर पछि पुन : मतदान शुरु भएको थियो।

यस पटक बाजुराका ३१ अति सम्बेदनसिल, ३१सम्बेदनसिल र ८ मतदान स्थल मात्र सामान्य मानिएका छन्। त्यसका लागि ७ सय ९९ जना कर्मचारी खटीएका थिए,। जिल्लाका सबै मतदान केन्द्रका मतपेटीका सोमबार बेलुकासम्म मात्रै सबै मतपेटिका सदरमुकाम ल्याउने तयारी गरीएको छ।

हिमाली गाउँपालिकाका तिन ओडाका चार मतदान केन्द्रका मतपेटीका भेली मात्र हेलीकप्टर बाट सदरमुकाम ल्याउँने तयारी गरेको र सडक सञ्जाल संग जोडिीएका मतदान केन्द्रका मतपेटीका सरकारी गाडी प्रयोग गरेर आज बेलुकानै ल्याउँने कुरा मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार