बुद्धकाे दर्शन गर्न नपाएपछि दलाई लामा तनावमा

  मूलधार सम्वादाता  1261 पटक हेरिएको

  1. काठमाडौं – दलाई लामाले भारतको लहै लहैमा लागेर बुद्ध भारतीय हुन् भन्दै ‘ती मुर्खहरु हुन् जो बुद्धलाई नेपाली हो भन्छन्, विशाल भारतभित्र बुद्धको जन्म भएको थियो,’ भनेको विषयलाई धर्मोदय सभाले दलाई लामालाई संयुक्त राष्ट्रसंघ र विश्वका पुरातत्वविदहरुले समेत बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको विषयलाई उछालेको भन्दै आइन्दा यस्तो गलत प्रचार नगर्न चेतावनी दिएको छ ।धर्मोदयसभाले बुद्ध नेपालमा जन्मेका हुन्, यसमा कसैलाई पनि शंका छैन, हुनु पनि हुन्न । दलाई लामाको विचारलाई कूविचार भनेको छ ।

    भारतमा शरणार्थी जीवन विताइरहेका दलाई लामा केही वर्षअघिसम्म जसरी पनि लुम्बिनीमा आएर बुद्धदर्शन गर्न चाहन्थे, नेपालले भारतको त्यो आग्रहलाई नमानेपछि तिनै दलाई लामालाई हतियारको रुपमा प्रयोग गरेर गलत प्रचार गर्न सुरु गरेको छ ।

    बुद्धदर्शन गर्न नपाएपछि दलाई लामा तनावमा परेका हुन् । उनी आक्रोस स्वरुप यस्तो बोलेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार