काँग्रेस सभापतीको घरमा बम विष्फोट, उनी चढ्ने गाडी क्षतविक्षत

  मूलधार सम्वादाता  280 पटक हेरिएको

झापा- नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको घरमा पनि शुक्रबार राति बम विस्फोट भएको छ ।

झापा-२ नम्बर क्षेत्रका प्रतिनिनिध सभा सदस्य उम्मेदवार समेत रहेका थापाको घरमा भएको विस्फोटबाट उनी चढ्‍ने गाडी क्षतविक्षत भएको छ । घटनामा कुनै मानविय क्षति भने नभएको प्रहरीले बताएको छ ।

निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा बम विस्फोटका घटना पनि बढ्‍न थालेका छन् ।

यसैबीच  शनिबार विहान मात्रै नेकपा एमाले अध्यक्षको घरमा बम विस्फोट भएको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटका घटना पनि दिनदिनै भइरहेका छन् । जिल्लामा अहिलेसम्म मानविय क्षति नपाएको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार