विप्लप कार्यक्रताले मतदान केन्द्रमा ढुंगामुढा प्रहार,

प्रहरीद्धारा हवाइ फायर

  मूलधार सम्वादाता  307 पटक हेरिएको

कालिकोट-  शुक्रबार राती पलाता गाउँपालिका ६ को जाँफे प्राविमा मतदान गराउन गएका क्रमचारी माथि नेकपा विप्लप समूहका कार्यक्रताले ढुंगामुढा गरेका छन् ।

ढुंगामुढा पछि नेपाल प्रहरीले हवाई फायर गरेपछि उनीहरु भागेको प्रहरी निरिक्षक निरोज चौलागाईले बताए ।

नेकपाका कार्यक्रताले पलाँता ४ को छलाहाँमा राँके जुलुस समेतको स्थानीयले बताएका छन् । सुरक्षा ब्यवस्था कडा पारिको भएपनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइ रहेका छन् ।

आज मदान केन्द्र बनाउने र हिजो मतदाता परिचय पत्र नलिएका मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार