रुकुममा जीप दुर्घटना हुदा ७ जनाको मृत्यु

बेहुला बेहुलीको मृत्यु

  मूलधार सम्वादाता  388 पटक हेरिएको

रुकुम –  रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुमपश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको जीप शुक्रबार बेलुकी मुसीकोट नगरपालिका–६, कालिमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

ग१ज ४२६० नम्बरको जीप बेलुकी ८ बजे सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सिस्ने गाउँपालिका–६ का नवीन श्रेष्ठ र अनिता प्रधान, मुसीकोट–१ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाही श्रेष्ठ, सुधन श्रेष्ठ र जनक शाह, सिस्ने–१ की यमुना मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र धमलााले जानकारी दिए।

नविन र अनिता दुवै प्रहरी निरीक्षक हुन्। जीपचालक दाङ तुलसीपुरका प्रेम थापा, सहचालक रुकुम पश्चिमका प्रेम केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते छन्। घाइतेहरूलाई जिल्ला अस्पताल रुकुम पश्चिममा सामान्य उपचारपछि नेपालगञ्ज पठाइएको डीएसपी धमलाले जानकारी दिए।

बेहुला बेहुलीको मृत्यु

घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् ।

घटनामा मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको छ । घाइते हुनेमा चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार