झापामा चितुवा आतंक

उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा

  मूलधार सम्वादाता  346 पटक हेरिएको

झापा-  झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी आज प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् । शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो ।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परी घाइते भएका मध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक प्रहरी उपरीक्षक केसीले जानकारी दिनु भएको छ ।Janak Mani को फेसवुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार