महिला टि–ट्वेन्टी विश्वकपमा नेपालद्धारा मलेसिया पराजित

  मूलधार सम्वादाता  479 पटक हेरिएको

काठमाडाैं-  थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित२० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । जितसँगै चार खेल खेलेको नेपालको चार अंक छ । नेपालले थाइल्याण्ड र हङ्कङसँग वर्षाका कारण अंक बाँडेको थियो भने संयुक्त अरब इमिरेट् (युएई) सँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार