कमलादीमा गोली चलाउने भारतीय सुटर मोदीका कार्यकर्ता भएको खुलासा

  मूलधार सम्वादाता  306 पटक हेरिएको

काठमाडाैं-  तीन साता अघि काठमाडौँको कमलादीको एक डान्सबारमा गोली चलाउने भारतीय ‘सुटर’ भारतीय जनता पार्टीका कार्यकर्ता भएको खुसाला भएको छ ।

प्रहरीको तीन साता लामो अनुसन्धानबाट सुटर जसवन्त सिंह भारतीय जनता पार्टीका नेता भएको खुलेको हो । उनले प्रहरीको जागिर छोडेर राजनीतिमा लागेको अनुसन्धानले पत्ता लगाएको हो ।

सिंह भारतीय जनता पार्टीको तर्फबाट पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो । सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो । सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो ।

त्यस्तै पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेका अनुसार दुबै जनालाइ ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ ।

गत कात्तिक १५ गते कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो वुथ डान्सबार’ गोलीकाण्डपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।अनलाइन डबलीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार