पटक–पटक सलले आँखा मुख छोप्दै भक्कानिरहिन् सिता : फोटो सहित

  मूलधार सम्वादाता  1971 पटक हेरिएको

काठमाडाैं –  पुत्रशोकमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सिता दाहालका आँखा अझैं ओभाएका छैनन् । स्वर्गीय छोरा प्रकाश दाहालको सम्झनामा आज आफ्नै निवास लाजिम्पाटमा आयोजित श्रद्धाञ्जली सभामा समेत सितालाई सामान्य अवस्थामा देख्न सकिएन ।

पति पुष्पकमल दाहाल र सहयोगीको सहारामा घरकै आँगनमा आयोजित श्रदाञ्जली सभामा पुगेकी सिता कार्यक्रम अवधिभर पटक–पटक सलले आँखा मुख छोप्दै भक्कानिरहिन् ।

मञ्चको अगाडिपट्टि राखिएको छोरा प्रकाशको तस्विरमा सहभागिहरुले टीका, माला र फूल चढाइरहँदा दाहाल दम्पती निकै भावुक बनेका थिए ।

आफ्ना बुबा अर्थात नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका प्रकाशको यहि मंसिर ३ गते हृदयघातबाट मृत्यु भएको थियो । महिला खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार