फेरी एउटा हस्ती नेताको मृत्यु ! अल विदा दधिराम सापकोटा

  मूलधार सम्वादाता  411 पटक हेरिएको

चितवन-  नेपाली काँग्रेसका संस्थाक नेता दधिराम सापकोटाको निधन भएको छ । उपचारको क्रममा आज विहान चितवन मेडिकल कलेजमा ९३ वर्षको उमेरमा निधन भएको हो । प्रजातन्त्रको सेनानी समेत रहेका सापकोटा न्यून रक्तचापको सिकार हुनुभएको थियो ।

सापकोटाको पार्थिव शरीरमा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

सो क्रममा कोईरालाले उहाँको निधनले सच्चा काँग्रेसी र देशभक्त नेता गुमाएको बताउनु भयो । सापकोटाको निधनले राष्ट्रलाई र काँग्रेसलाई अतुलनिय क्षती पुगेको बताउनु भयो ।

भरतपुर महानगरपालिका–४, लंकु घर भएका सापकोटाको आजै हिन्दु परम्परा अनुसार देवघाटमा अन्त्येष्टी गरिने नेपाली काँग्रेस चितवनले जनाएको छ ।

सापकोटाको एक श्रीमती ३ छोरा र दुई छोरी हुनुहुन्छ । तीन छोरा मध्ये केशवभक्त सापकोटा र बुहारी ईन्द्रकुमारी सापकोटा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार